aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कामना सेवाको कार्डमा इकमर्स सुविधा थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ असोज २०७९
कामना सेवाको कार्डमा इकमर्स सुविधा थप

काठमाडौं । कामना सेवा विकास बैंकले डेबिट तथा क्रेडिट कार्डमा इ–कमर्स सुविधा समावेश गरेको छ । कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान सरिद गरी आफ्नो इ–कमर्स सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले सोमबारदेखि यो सुविधा लागू गरेको हो ।बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड मार्फत यो सुविधा लिन आफ्नो नजिकैको शाखामा गई सजिलै इ–कमर्स सुविधा सुचारु गराउन सक्नेछन् ।

साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा इ–कमर्स सक्रिय कार्ड मार्फत सस्तो डिलमा अनलाईन किनमेल गर्दा २० प्रतिशत वा २ हजार रुपैयाँसम्मको नगद छुटको लाभ लिन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । साथै, आगामी दिनहरुमा समेत अन्य सेवा सुविधाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस