aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सनराइज बैंकले दशैंको बिदामा पनि बैंकिङ सेवा दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ असोज २०७९
सनराइज बैंकले दशैंको बिदामा पनि बैंकिङ सेवा दिने

काठमाडौं । सनराइज बैंक लिमिटेडले दशैंको बिदामा पनि बैंकिङ सेवा दिने भएको छ । आफ्ना केही सीमित शाखा कार्यालयबाट बैकिङ्ग सुविधा दिने भएको एक सुचना जारी गर्दै जनाएको छ । बैंकले दशैंमा हुने एक साता विदामा आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सेवा सुविधा दिने हेतुले केही सीमित शाखाहरु संचालनमा ल्याउन लागेको जनाएको छ ।

बैंकले प्रदेश १ अन्तर्गत ९ वटा शाखा कार्यालय, मधेश प्रदेशमा ६ वटा शाखा कार्यालय, बागमती प्रदेशमा ७ वटा शाखा कार्यालय, गण्डकी प्रदेशमा ५ वटा शाखा कार्यालय, लुम्बिनी प्रदेशमा ९ वटा शाखा कार्यालय, कर्णाली प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस