aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
कामना सेवा विकास बैंकको शाखा कलंकीमा

कामना सेवा विकास बैंकको शाखा कलंकीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ पुस २०७५
कामना सेवा विकास बैंकको शाखा कलंकीमा

काठमाडौं, पुस १६ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको रिङरोड कलंकीमा नयाँ शाखा बिस्तार गरेको छ । सोमबार एक कार्यक्रमकाबीच उक्त बैंकको ६२ औं शाखा स्थापना गरि कारोबार शूभारम्भ गरेको हो ।

बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक द्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।

शुभारम्भ कार्यक्रम कामु. प्रमुख कार्यकारी अधिकृतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताएका थिए ।

बैंकले देशका विभिन्न भागहरुमा ६२ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस