
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २ हजार ८५९ कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । कम्पनीले पहिलो चरणमा संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेको उक्त शेयर असोज १४ गतेदेखि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा संस्थाहरूले कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट , नवलपरासीमा पुग्ने गरी निवेदन पेश गर्नुपर्नेछ । असोज १४ गते सुचना जारी गर्दै कम्पनीले १५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको हो उल्लेखित शेयरको मूल्य संस्थापक शेयर खरीद विक्री सञ्चाक समितिको निर्णय बमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया दिनुहोस