aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

वैदेशिक रोजगार व्यवसायी खुशीको खबर, धरौटि रकम सेञ्चुरी कमर्सियल बैंकमा सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
वैदेशिक रोजगार व्यवसायी खुशीको खबर, धरौटि रकम सेञ्चुरी कमर्सियल बैंकमा सुविधा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसंग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५ चैत १९ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।

यस अन्तर्गत बैंकले  एक करोड पचास लाख मात्र) को बैंक ग्यारेण्टी तल उल्लेखित बमोजिम पांच बर्षको लागि जारी गर्नेछ । नगद मार्जिन बिस लाख रुपैयाँ कमिशन चार लाख रुपैयाँ साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि रहेको बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस