aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नारायणी डेभलपमेन्ट बैंकको २२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ असोज २०७९
नारायणी डेभलपमेन्ट बैंकको २२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २४ गतेदेखि २२ हजार ८१४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टाँडी, चितवनमा निवेदन पेश गर्नुपर्नेछ ।तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री खुला गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस