
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिन अवधिको ३ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी कात्तिक २२ गते, ९१ दिने ट्रेजरी आगामी पुस २६ गते परिपक्व हुनेछ । भने १८२ दिन अवधिको ट्रेजरी चैत्र २८ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० असोज २३ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले ९१ दिन अवधिको ९ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको १० अर्ब रुपैयाँ गरी कुल १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलबिक्री गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस