aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सनराइज बैंकका ब्राण्ड प्रमुख सुमन थापा ‘बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर’ बाट सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ असोज २०७९
सनराइज बैंकका ब्राण्ड प्रमुख सुमन थापा ‘बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर’ बाट सम्मानित

काठमाडौं । सनराइज बैंकका ब्राण्ड प्रमुख सुमन थापा बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर बाट सम्मानित भएका छन् । आश्विन १३ गते सिजन मिडिया प्रालिद्वारा दुबईमा आयोजित एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ अन्तर्गत बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर सनराइज बैंकका ब्राण्ड व्यवस्थापन तथा सिएसआर र मिडिया विभागका प्रमुख थापाले प्राप्त गरेका हुन् । 

उक्त अवार्ड युपिएफ एसिया प्यासिफिकका का सह–अध्यक्ष डा. रोबर्ट एस. किटेल (अमेरिका) र पूर्व मन्त्री माननियय एकनाथ ढकालले संयुक्त रुपमा थापालाई हस्तान्तरण गरेका हुन् ।

सानै देखि कला र साहित्यमा विशेष रुचि राख्नुहुने थापाको बाण्ड, विज्ञापन, सीएसआर तथा मिडिया क्षेत्रमा बिभिन्न संध संस्थामा करिब डेढ दशकको अनुभव छ । उक्त कार्यक्रममा नेपाल लगायत एसियन मुलुकका ११ जना गरी ३४ जनाले विभिन्न श्रेणीमा अवार्ड प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस