
काठमाडौं । सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फण्डको इकाई विक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रति इकाई रू. १० अंकित दरको १२ करोड इकाई जारी गर्न लागेको हो ।
कुल कित्ता इकाईमध्ये १३ प्रतिशत अर्थात १ करोड ५६ लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकको लागि र २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी १० करोड २० लाख इकाई भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
यो इकाई छिटोमा कात्तिक २० गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक ३० गतेसम्म विक्री अवधि लम्बिनेछ । उक्त इकाई खरीदका लागि न्युनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
इच्छुक खरीदकर्ताहरूले योजना व्यवस्थापक तथा विक्री प्रबन्धक सानिमा क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयर वेवसाइट र एपमार्फत समेत आवेदन दिन सक्नेछन् ।
११ बर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजनाको इकाई बाँडफाँट पश्चात् धितोपत्र दोस्रो बजारमा सुचीकृत गरी कारोबार गर्न सकिने व्यवस्था मिलाईने योजना व्यवस्थापकको भनाई छ । योजनाले कमाएका खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा मुनाफा वितरण गरिने योजना व्यवस्थापकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस