aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ५६ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ असोज २०७९
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ५६ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । 

केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । सूचनाअनुसार क वर्गका वाणिज्य बैंक ४४ करोड ८० लाख, ख वर्गका बैंकले ८ करोड ४० लाख र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ८० रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

बैंकले यही असोज २६ गते राति १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष हुनुपर्ने, बैंकको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेलगायतका शर्त राखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस