aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरी दंगाल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ असोज २०७९
ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरी दंगाल नियुक्त

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरी दंगाल नियुक्त भएका छन् । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

नव नियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले असोज २५ गते मंगलबार पद तथा गोपनियताको सपथ गराएका छन् । पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रममा कम्पनीका सञ्चालक मनोज कुमार खडका, भरतराज कोइराला र प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको समेत उपस्थिति रहेको थियो । 

दंगाल २०७८ भाद्र ५ गते देखि कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । सञ्चालक समितिले दंगाललाई अध्यक्ष पदमा नियुक्त गरेस“गै कम्पनीले थप नया“ उचाइ लिने विश्वास लिईएको छ । 

दंगालको अध्यक्षतामा कम्पनीमा ५ सदस्यीय सञ्चालक समिति कायम रहनेछ । कम्पनीको सञ्चालकहरूमा भने धन बहादुर बरुवाल, रञ्जना पण्डित पौडेल, लेखनाथ भुसाल, मनोज कुमार खड्का र भरतराज कोइराला रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस