
काठमाडौं । बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै सजाय पाएका नेपालीका काँगैसका रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) का उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसुरका दोषी ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो ।
माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार राजकुमार शर्माले ओलीमाथि बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना समेत हुने गरि फैसला भएता पनि ओलीले उक्त सजाय भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख थियो । शहिद हरिभक्त ओलीका छोरा प्रेम प्रकाश ओली माओवादीद्वारा २०५५ माघ १ गते वुवाको हत्यापछि निरन्तर नेपाली काँग्रेस रुकुमको राजनीतिमा सक्रिय थिए।
प्रतिक्रिया दिनुहोस