
काठमाडौं । २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न काटिएका ८ वटा चेक बाउन्स भएर बैंकिङ कसुरका मुद्दा खेपिरहेको नेकपा एकिकृत समाजबादीका नेताको उम्मदवारी खारेज भएको छ । रूपन्देही २ को प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका राजु गुरूङको उम्मेदवारी खारेज भएको हो।
गुरुङको कम्पनी नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख रुपैयाँका ८ वटा चेक बाउन्स भएसिछ गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको छ । अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मंसिर २१ गते नै फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस