aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनएमबि क्यापिटलको साधारणसभा कात्तिक १८ गते, लाभांश र शतप्रतिशत हकप्रद शेयरको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
एनएमबि क्यापिटलको साधारणसभा कात्तिक १८ गते, लाभांश र शतप्रतिशत हकप्रद शेयरको प्रस्ताव

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले १२औं वार्षिक साधारण कात्तिक १८ गते बोलाएको छ । क्यापिटलको असोज ७ गतेको सञ्चालक समितिको बैठकले आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा दिउसो ४ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २१ दशमलव ०५३ प्रतिशत नगद लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ ।

कम्पनीको हाल कायम चुक्तापूँजी रू. २० करोडको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ । कम्पनीको अधिकृत पूँजी , जारी पूँजी तथा चुक्तापूँजी बृद्धि गर्ने विषय समेत सभाका लागि तय भएको छ । पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस