aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने बिहिवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने बिहिवार अन्तिम दिन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने बिहिवार अन्तिम दिन रहेको छ । यस वर्ष बैंकले कर समेत ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब २० करोड ९ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश बैंकले वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त लाभांश पारितका लागि बैंकले कात्तिक ४ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गरेको यस बैंकले साधारण सभा समेत सबैभन्दा पहिला गर्न लागेको हो । 

सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने भएको हो । साधारण सभा प्रयोजनका लागि बैंकले असोज २८ गते एक दिन बुक क्लोज गर्ने भएकाले असोज २७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । 
 
 

प्रतिक्रिया दिनुहोस