
काठमाडौं । नागरिक लगानी कोषले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ११ अर्ब भन्दा धेरै रकम लगानी गर्ने भएको छ । कोषले बुधबार एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ’क’ वर्गका बैंकमा एक वर्षे अवधिका लागि ११ अर्ब ८९ करोड ७० लाख ५५ हजार रुपैयाँ लगानी गर्ने जनाएकाे हो ।
कोषले इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई आफूले राख्न चाहेको रकम, ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर सिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस