aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारीको सदस्य बन्नु भएको छ ? यी हुन् ध्यान दिनु पर्ने कुरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
सहकारीको सदस्य बन्नु भएको छ ? यी हुन् ध्यान दिनु पर्ने कुरा

काठमाडौं । पछिल्लो समय सहकारी संस्था र बचतकर्ताहरूबिचका समस्याका घटनाहरू सार्वजनिक भइरहेका छन् । कतिपय सहकारी संस्थाहरू समस्यामा फस्दै जाँदा बचतकर्ताहरूले विभिन्न निकायहरूमा बचतको रकम फिर्ता गर्न माग गर्दै हारगुहार गर्दै गरेका घटनाहरू पनि बाहिर आएका छन् । यहाँ हामीले सहकारी संस्था वा संघको शेयर सदस्य बने पश्चात कुन कुन विषयमा ध्यान दिनु पर्छ भन्ने कुरा उल्लेख गरेका छौँ । 

कुनै पनि सहकारीको संस्थाको शेयर सदस्य बने पश्चात संस्थाको समयमा नै साधारण सभा गरेको छ छैन भन्ने कुरा बुझ्नु पर्ने हुन्छ । यसका साथै सहकारीले ऋण लगानी कुन कुन क्षेत्रमा गरेको छ भन्ने कुरा हेर्नु पर्ने हुन्छ । 

सबै सदस्यहरूलाई त्यस सहकारी समान व्यवहार गरेको छ छैन, ऋण लगानीमा ब्याजदर कति छ, नियामक निकायले सन्दर्भ ब्याजदर कति तोकेको छ, ऋण लगानी सदस्य र सञ्चालकलाई लिने ब्याजदर फरक छ की समान छ भन्नेबारे हेर्नु पर्ने हुन्छ । 

त्यस्तै, ऋण लगानीबाट प्राप्त हुने ब्याज समय सीमाभित्र नबुझाउँदा सावाँमा जोडेर (पुँजीकृत)त्यसमा पनि ब्याज लिएको छ की छैन, विभागले लागू गरेको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएको छ छैन र प्रचलित सहकारी कानुन तथा संस्थाको विनिमय बमोजिम संस्थाले काम गरेको छ छैन भनेर हेर्नु पर्ने हुन्छ ।  

 

प्रतिक्रिया दिनुहोस