दाङ । देवः विकास बैंकको दाङस्थित नारायणपुर शाखाका म्यानेजर घोराही उपमहानगरपालिका–१५ भरतपुर निबासी २९ वर्षीय समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
देवः विकास बैंकबाट १७ करोड ९९ लाख ९० हजार रुपैयाँ अनियमितता गरेको उजुरी प्रहरीले पक्राउ गरेको हो । घोराही उपमहानगर १० नारायणपुरशाखाबाट कर्जा स्वीकृति नगराई बुढाथोकीले ऋण प्रवाह गरेको आरोप छ ।
देवः विकास बैंकमा गाभिनु अघिको वेस्टर्न डेभलपमेन्ट बैंक २०६७ सालदेखि कार्यरत रहेका उनले ३५ जना नक्कली ऋणि खडा गरीपैसा हिनामिना गरेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस