
काठमाडौं । एक साताको अवधिमा वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । असोज १४ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा ८ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा निक्षेप घटेको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप घटेर असोज २१ गतेसम्म आइपुग्दा ४५ खर्ब ११ अर्ब रुपैयाँमा पुगेको हो ।
त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । असोज १४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह चार अर्ब रुपैयाँले घटेर असोज २१ गतेसम्म आइपुग्दा ४१ खर्ब ९३ अर्ब रुपैयाँमा पुगेको संघको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस