aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारमा पठाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारमा पठाउने

काठमाडौं । चाडपर्वमा बैंकिङबाट बाहिरीएको रकम नभित्रीएपछि नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। राष्ट्र बैंकले रिपो मार्फत प्रणालीमा उक्त पैसा पठाउन लागेको हो। 

बैंकहरुले बोलकबोलमार्फत ब्याज निर्धारण हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरेको छ। बैंकहरुले बुधबार मात्रै १४ अर्ब १० करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा सापटी चलाएका राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस