aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाल एसबिआई बैंक र भन्सार विभागबीच सम्झौता, एक्स्टेन्सन काउन्टर खोलिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ असोज २०७९
नेपाल एसबिआई बैंक र भन्सार विभागबीच सम्झौता, एक्स्टेन्सन काउन्टर खोलिने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल सरकार भन्सार विभागबीच सम्झौता भएको छ । बैंक र विभागबीच भन्सार सरकारी कारोबारलाई  बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्ढाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको हो । 

भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले दुवै संस्थाका वरिष्ठ अधिकारीहरुको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

यस बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १० शाखा रहित बैंकिङ  तथा १ कर्पोरेट अफिसका साथै १३० एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस