
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २० हजार कित्ता संस्थापक शेयर असोज २७ गतेदेखि लिलामीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर उल्लेखित शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस