aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ असोज २०७९
आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार (आज) ३० अर्ब रुपैयाँको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक ३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । 

बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस