aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बिहीबारदेखि सिद्धार्थ बैंकको ऋणपत्र आउँदै, ब्याजदर  १०.२५ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
बिहीबारदेखि सिद्धार्थ बैंकको ऋणपत्र आउँदै, ब्याजदर  १०.२५ प्रतिशत

काठमाडौं । सिद्धार्थ बैंकले भदौ ५ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको छ । बैंकले १५ लाख कित्ता सर्वसाधारणका लागि र १० लाख कित्ता व्यक्तिगत संघ संस्थाका लागि निष्काशन गरेको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
सात वर्षे अवधिको यो ऋणपत्र निष्कासनमा छिटोमा भदौ ९ र ढिलोमा असोज ५ गतेसम्म बिक्रीमा रहनेछ । प्रतिऋणपत्र मूल्य  एक हजार ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम् १० लाख कित्तासम्म सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस