aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

झापा  र ईलाम मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
झापा  र ईलाम मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा झापा जिल्लाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । 

दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ भदौ ०१ गते झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोईलाज्यूले एक समारोहका विच समुद्घाट्न गरेको हो । 

त्यसै गरी ईलामस्थित मालपोत कार्यालय परिसरमा आज मिति २०७६ भदौ ०४ गतेका दिन ईलाम मालपोत कार्यालय प्रमुख केशब कुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्र बहादुर थापाले संयुक्त रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेको हो । 

झापा तथा ईलाम जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् । 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंकले मालपोत कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । 

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै दुवै मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । 

प्रभु बैंकले १९३ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा २६ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस