aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पशुपति सहकारीको निक्षेप बचत करिब १८ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ असोज २०७९
पशुपति सहकारीको निक्षेप बचत करिब १८ करोड

भैरहवा । पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवामा रहेको संस्थाले आफ्नै भवनको प्राङ्गणमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का अध्यक्ष खेम गुरुङले तिलोत्तमा नगरपालिका क्षेत्रमा सहकारीको कुरा आउँदा उदाहरण दिनको लागि पशुपति सहकारी रहेको बताउँदै वचतकर्ताको वचतरकम सुरक्षित रहेको महशुस भएको बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य ऋषिराम बस्यालले सहकारीका समय सापेक्ष ऐन परिवर्तन भइरहने भएकाले सोही अनुसार नै पशुपति सहकारी चलिरहेको बताउँदै संस्थाले गर्ने सामाजिक क्रियाकलाप अनुकरणीय रहको बताए ।

संस्थाले शेयर सदस्यको मृत्यु भएमा ५० हजार, दुर्घटना भएर घाइते भएमा उपचार खर्चवापत दिँदै आएको ५० हजार रुपैँयालाई बढाएर १, १ लाख पु¥याउने लक्ष्यका साथ अगाडि बढेको संस्थाका अध्यक्ष डोलराज बस्यालले बताए । शेयर सदस्यलाई उद्यमसिल बनाउने समय समयमा व्यवसायिक तालिम, अध्ययन अनुसन्धानका लागि अवलोकन भ्रमण जस्ता कार्य गर्दै आएको अध्यक्ष बस्यालले बताए ।

संस्थामा पुरुष ४८७ जना, महिला २२४ जना गरी ९ सय ११ जना सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी २ करोड ५२ लाख ६९ हजार ५ सय, जगेडाकोष ४७ लाख ३० हजार ९ सय २४, कर्जा जोखिम कोष  २० लाख ८५ हजार, निक्षेप बचतमा १७ करोड ६५ लाख २९ हजार ३ सय ४८ रहेको छ । शेरसदस्यको मागलाई मध्यनजर गर्दै संस्थाले आफ्नै चेकबुक पनि सञ्चालन गरेको छ । २३ औं साधारण सभाको सञ्चालन सचिव अर्जुन बस्यालले गरेका थिए भने उपाध्यक्ष थमनबहादुर क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस