aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनसीसी बैंकले गर्यो लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० असोज २०७९
एनसीसी बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३ दशमलव ३६६३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले आव २०७७/७८सम्मको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण कर प्रयोजनको लागि वितरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस