aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तीन वाणिज्य बैंकको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० असोज २०७९
तीन वाणिज्य बैंकको लाभांश प्रस्ताव

काठमाडौं । हालसम्म तीन वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरेका गरेका छन् । उक्त बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुका लागि लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गर्ने बैंकहरुमा नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी), सिटिजन्स इन्टरनेशनल र कुमारी बैंक रहेका छन् ।

नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३ दशमलव ३६६३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आव २०७७÷७८सम्मको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण कर प्रयोजनको लागि वितरण गरेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत लाभांश दिने भएको हो । हाल बैंकको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको । जस अनुसार बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश दिने छ ।

कुमारी बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कुमारी बैंकको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ । अन्य दुई बैंकहहरुको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात शेयरधनीहरुले लाभांश पाउनेछन् ।


 

प्रतिक्रिया दिनुहोस