aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० असोज २०७९
सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २० रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६अर्ब रुपैयाँ गरी कुल १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी कात्तिक २९गते, ९१ दिने ट्रेजरी आगामी माघ ३ गते परिपक्व हुनेछ । भने १८२ दिन अवधिको ट्रेजरी २०८० बैशाख ५ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० असोज ३० गते परिपक्व हुनेछ । यसअघि बैंकले २८ अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिन अवधिको ३ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

प्रतिक्रिया दिनुहोस