
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले शेयरधनीलाई आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कुल लाभांश मध्ये ६ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितीको बैकठले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
ग्लोबल आईएमई बैंक र यस बैंक अफ काठडमाण्डू बिच एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै शेयर कारोबार रोक्का रहेको छ ।
प्रतिक्रिया दिनुहोस