
जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ८७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २६० दशमलव ८९ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहिअवधिमा नाफा २४ लाख रुपैयाँ कमाएको थियो ।
९ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी भएको जनसेवीले जगेडाकोषमा १ करोड ३१ लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा ५७ करोड २६ लाख रुपैयाँ लगानी गरेको ।
जनसेवीको खुद व्याज आम्दानी ८५ दशमलव २८ प्रतिशतले बढेर ३ करोड ३० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २६० दशमलव ९७ प्रतिशतले बढेर १ करोड ३७ लाख रुपैयाँ पुगेको छ । लघुविले खुद व्याज आम्दानी तथा संचालन मुनाफा बढाएको हुदाँ नै नाफा बढाएको हो ।
जनसेवीको जोखिम युक्त सम्पत्ति २० दशमलव ६२ प्रतिशत र निष्कृय कर्जा १ दशमलव ७९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस