aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कुमारी बैंकको लाभांश कात्तिक २१ गते पारित हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ असोज २०७९
कुमारी बैंकको लाभांश कात्तिक २१ गते पारित हुदैं

काठमाडौं । कुमारी बैंक लिमिटेडले असोज २१ गते २२औं वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकको असोज ३० गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । 

सभाले प्रस्तावित कर समेतको १२ दशमलव ५० प्रतिशत नगद लाभांशलाई समेत स्वीकृत गर्नेछ । हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रकृयामा रहेको यस बैंकले सभा मार्फत मर्जर सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई जिम्मेवारी प्रदान गर्नेछ । सभा प्रयोजनका लागि बैंकले कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

 मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि बैंकको शेयर कारोबार भने रोक्का रहेको छ ।  असोज १० गतेसम्म कारोबार भई नियमानुसार शेयर रजिष्ट्रारको कार्यालयमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा कात्तिक १४ गतेसम्म शेयरधनी दर्ता कितावमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस