aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

महालक्ष्मी विकास बैंकको ३० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ असोज २०७९
महालक्ष्मी विकास बैंकको ३० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ३० हजार १०८ कित्ता संस्थापक शेयर असोज ३१ गतेदेखि विक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस