aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

तिहार नजिकिँदै गर्दा बैंकहरुमा थपियो आठ अर्ब निक्षेप, कर्जा प्रवाह शून्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ असोज २०७९
तिहार नजिकिँदै गर्दा बैंकहरुमा थपियो आठ अर्ब निक्षेप, कर्जा प्रवाह शून्य

काठमाडौं । तिहार नजिकिँदै गर्दा बैंकहरुमा पैसा आउन थालेको छ । एक साताको अवधिमा वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोज २१ गतेदेखि असोज २८ गतेसम्मको अवधिमा ८ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा  निक्षेप बढेको हो ।   

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोज २१ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप बढेर असोज २८ गतेसम्म आइपुग्दा ४५ खर्ब १९ अर्ब रुपैयाँमा पुगेको हो । 

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह भने शून्य रहेको छ । असोज २१ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । असोज २८ गतेसम्म आइपुग्दा बैंकहरुले कर्जा प्रवाह नगरेको देखिन्छ ।  

 

प्रतिक्रिया दिनुहोस