aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बीओकेले ल्यायो चाडपर्व लक्षित २५ प्रतिशतसम्मको नगदफिर्ता योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ असोज २०७९
बीओकेले ल्यायो चाडपर्व लक्षित २५ प्रतिशतसम्मको नगदफिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार  गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस नगदफिर्ता योजना यहि २०७९ साल कार्तिक १ गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहकहरुले मात्र नगदफिर्ता पाउनेछन् ।

उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० रुपैयाँ सम्मको नगदफिर्ता पाउनेछन् । यस योजनाबाट समग्र विधुतिय कारोबारमा वृद्धि हुने बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस