aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

महालक्ष्मी विकास बैंकले ल्यायो लकर सुविधामा आकर्षक योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ कार्तिक २०७९
महालक्ष्मी विकास बैंकले ल्यायो लकर सुविधामा आकर्षक योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले बिशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् ।

विगतदेखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको हो । बैंकका दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्कीं) शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको छ । 

हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस