aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सिद्धार्थ बैङ्कको डिबेन्चर बिक्री खुल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
सिद्धार्थ बैङ्कको डिबेन्चर बिक्री खुल्ला

काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेडले सर्वसाधारणको लागि १० लाख कित्ता डिबेन्चर बिक्री खुल्ला गरेको छ ।

बैङ्कले प्रति डिबेन्चर एक हजार रुपैयाँ अंकित गरी १० दशमलव २५ ब्याजदरको एस.बि.एल. डिबेन्चर २०८३ को बिक्री खुल्ला गरेको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । जसमा १० लाख कित्ता सर्वसाधारणको लागि र १५ लाख कित्ता ऋणपूँजी रकम परिपत्रविधिबाट बिक्री खुल्ला गरेको थियो ।

सर्व साधारणले दरखास्त दिन पाउने न्यूनतम ऋणपत्र २५ कित्ता रहेको छ भने बढिया सबै १० लाख कित्ता डिबेन्चरलाई दरखास्त दिन पाउने छन् । सो मध्य ५० हजार कित्ता शेयर सामूहिक लगनि कोषका लागि छुट्ट्याएको हो  ।

बैकले ७ वर्ष अवधि राखेर सर्वसाधारण र परिपत्रविधिबाट प्रति डिबेन्चर एक हजार दरका २५ लाख कित्ता डिबेन्चर जारी गरेको हो । जुन कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरीको हो ।
भाद्र ५ गते बिक्री खुल्ला गरेका डिबेन्चरको ऋणपत्र निष्कासन छिटोमा भाद्र ९ गते र ढिलोमा आश्विन ६ गते बन्द हुने बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस