aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

धौलागिरी लघुवित्तको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ कार्तिक २०७९
धौलागिरी लघुवित्तको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं । बिहीवार नेप्सेमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १० लाख ३१ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव कम्पनीको शेयर आइतवार देखी धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् । 

पहिलो कारोबारको लागि नेप्सेले रू. १४८ दशमलव ६६ देखि ४४५ दशमलव ९८ ओपन रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको बास्तविक नेटवर्थको तिन गुणा सम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३ लाख ३१ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता गरेर कुल १० लाख ३१ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

सूचीकृत पश्चात दिनुपर्ने आरटिएस सेवा सन्राइज क्यापिटल कमलपोखरीबाट हुने कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोृल डिएलबिएल रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस