
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको धनतेरस अवसर पारेर बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट धनतेरसलाई नै लक्षित गरेर आजदेखि सुन र चाँदीका सिक्का बिक्री शुरु गरेको हो ।
धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले सहज तिरिकाले असर्फी र चाँदीका सिक्का बिक्री गरिरहेको राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/एक थान असर्फी खरिद गर्न सकिन्छ ।
सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन् । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गरिने जनाईएको छ । तर, संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरिर बिक्री गरिरहेको राष्ट्र बैंकले जनाएको छ ।
टक्सार विभागमा सर्वसाधारणको सुन र चाँदीका सिक्का किन्ने सर्वसाधरणको बाक्लो भीड लागेको छ । लामोसयदेखि लाइन लागेर उनीहरुले सुन र चाँदीको सिक्का खरिद गरिरहेका छन् ।
हेर्नुहोस्, तस्बिर
तस्बिरः श्याम गौरो/आर्थिकन्युज डटकम
प्रतिक्रिया दिनुहोस