aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिटिजन्स बैंकको लाभांश आज पारित हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ कार्तिक २०७९
सिटिजन्स बैंकको लाभांश आज पारित हुदैं

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले आज १६औं वार्षिक साधारण सभा गर्दैछ । वाणिज्य बैंकहरूमध्ये यस वर्ष सबैभन्दा पहिला यो बैंकले लाभांश पारित गर्न लागेको हो ।

बैंकले यस वर्ष कर समेत ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब २० करोड ९ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश बैंकले वितरण गर्ने प्रस्ताव गरेको हो । 

सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा विहान ११ बजे सभा सुरु हुने बैंकले जानकारी दिएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज २८ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज २७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । 
 
 

प्रतिक्रिया दिनुहोस