aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिटिजन्स बैंकको लाभांश पारित, तिहार अघिनै वितरण गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ कार्तिक २०७९
सिटिजन्स बैंकको लाभांश पारित, तिहार अघिनै वितरण गरिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले कात्तिक ४ गते प्रस्तावित कर समेत ९ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकले १६औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित उक्त लाभांशलाई वितरणयोग्य बनाएको हो । यस वर्ष वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिला वार्षिक साधारण सभा गर्न सिटिजन्स बैंक सफल भएको हो ।

तिहारको मुखमै लाभांश पारित गरेको बैंकले तिहारअघिनै नगद लाभांश वितरण गर्ने बताएको छ । हाल सम्बन्धित शेयरधनीहरूको बैंक खातामै लाभांश वितरण गर्न सकिने प्रविधिको विकास भएसँगै बैंकले लाभांश वितरण गर्न सुरु गरिहाल्ने बताएको हो । 

हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब २० करोड ९ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश बैंकले वितरण गर्न लागेको हो । गत वर्ष बैंकले कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

गत वर्षको तुलनामा यो वर्ष कम लाभांश वितरण गर्न लागेको बैंकले नगद लाभांशमा मात्र जोड दिएको हो । गत वर्ष भने बैंकले १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि  ३ दशमलव शून्य ८७ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो ।

बैंकले साधारण सभा प्रयोजनका लागि असोज २८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ४६ करोडभन्दा बढी रहेको छ ।

सो अवधिसम्म बैंकले रू. २ अर्ब २५ करोडभन्दा बढी खुद नाफा गरेको थियो । गत चौथो त्रैमाससम्म बैंकको शेयर प्रिमियममा रू. १३ करोड ६१ लाखभन्दा बढी, रिटेन्ड अर्निगमा रू. १ अर्ब ४६ करोडभन्दा बढी र जगेडा कोषमा रू. ४ अर्ब ८४ करोडभन्दा बढी रहेको छ । 
 
 

प्रतिक्रिया दिनुहोस