aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एक महिनामा बैंकहरुमा थपियो ६१ अर्ब निक्षेप, कर्जा प्रवाह ३० अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ कार्तिक २०७९
एक महिनामा बैंकहरुमा थपियो ६१ अर्ब निक्षेप, कर्जा प्रवाह ३० अर्ब

काठमाडौं । एक महिनामा वाणिज्य बैंकहरुमा ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत असोज महिनाको अवधिमा उक्त बराबर निक्षेप थपिएको हो ।

गत भदौ महिनाको ३१ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा ६१ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा निक्षेप बढेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ । संघको तथ्यांक अनुसार गत भदौ ३१ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप बढेर असोज ३१ गतेसम्म आइपुग्दा ४५ खर्ब ४७ अर्ब रुपैयाँमा पुगेको हो ।  

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि बढेकोे छ । गत भदौ ३१ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह असोज ३१ गतेसम्म ३० अर्ब रुपैयाँले बढेर ४२ खर्ब २० अर्ब रुपैयाँमा पुगेको संघको तथ्यांकमा उल्लेख छ ।    
 

प्रतिक्रिया दिनुहोस