aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बिओके क्यापिटलको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ कार्तिक २०७९
बिओके क्यापिटलको लाभांश पारित

काठमाडौं । बिओके क्यापिटल मार्केटको साधारण सभा सम्पन्न भएको छ । उक्तसातौ वार्षिक साधारणसभाबाट प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित गर्न सफल भएको छ ।  यस कम्पनीका अध्यक्ष  महेश मिश्रको अध्यक्षतामा बसेको सातौँ वार्षिक साधारणसभाले आ .व .२०७८/७९ को वित्तिय विवरणहरु परित गर्नुका साथै आ .व .२०७८/७९ मा सचिंत मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय अनुमोदन गरेको हो । 

 बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी  बिओके क्यापिटल मार्केट, कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले समिक्षा अवधिमा ६ वटा कम्पनीहरुको प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । 

११ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको छ । यस कम्पनीले हालसम्म जम्मा ८५,६८९ हितग्राही खाता खोलिसकेको छ । लगानी व्यवस्थापन सेवा अन्र्तगत ९८ जना को १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस