aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सेञ्चुरी बैंकको कर्मचारीलाई लक्षित बचत खाता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
सेञ्चुरी बैंकको कर्मचारीलाई लक्षित बचत खाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर  एक हजार रुपैयाँमा बचत खाता खोल्ने गरी ‘प्रिमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ । यस खातामा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने बैंकले जनाएको छ । 
यस खाता योजनामा ग्राहकले  सात लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा र रु. एक लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउनुहुनेछ । साथै निःशुल्क एसएमएस, मोबाइल र ई बैंकिङ, आस्बा सेवा, डेबिट कार्ड तथा निःशुल्क क्रेडिट कार्डको आबद्ध शुल्कको सुविधा छ । 
 

प्रतिक्रिया दिनुहोस