aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राष्ट्र बैंकले आज ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ कार्तिक २०७९
राष्ट्र बैंकले आज ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ अवधिको ३ अर्ब ६० करोड रुपैयाँर  ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ गरी कुल ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी आगामी माघ १० गते परिपक्व हुनेछ । भने ३६४ दिन अवधिको ट्रेजरी २०८० कात्तिक ७ गते परिपक्व हुनेछ । यसअघि बैंकले २८ अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २० रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६अर्ब रुपैयाँ गरी कुल १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले कात्तिक १४ सोमबार ट्रेजरी बिल जारी गर्नेछ । 

प्रतिक्रिया दिनुहोस