
काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दिपावली तथा छठ पर्वको अवधिमा काउन्टर खुल्ने समय सम्बन्धी सूचना जारी गरेको छ । संस्थाले आइतबार एक सूचना जारी गर्दै काउन्टर खुल्नेबारे जानकारी गराएको हो ।
सूचनामा भनिएको छ, ‘दिपावलीको समयमा सदस्य सेवालाई मध्यनजर गरि कात्तिक ७ गतेदेखि १० गतेसम्म मुख्य कार्यालय र सेवाकेन्द्रहरु बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्नेछ । त्यस्तै, कात्तिक ११ गतेदेखि १३ गतेसम्म मुख्य कार्यालय बिहान ८ बजेदेखि २ बजेसम्म र दहचोक सेवाकेन्द्र तथा शुभतारा सेवा केन्द्र विहान ८ बजेदेखि ११ बजेसम्म खुल्ला रहनेछ ।’
त्यस्तै, संस्थाको एटिएम तथा मोबाइल बैंकिङ सेवा २४ सैं घण्टा खुल्ला रहने समेत सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस