aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एभरेष्ट बैंकद्धारा वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ कार्तिक २०७९
एभरेष्ट बैंकद्धारा वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर कार्तिक ५ गते प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । बैंकमा डिजिटल बैंकिङ्ग प्रर्वद्दन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बिहान ७ः३० बजे देखि बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट सुरु भएको सो कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुनः लाजिम्पाट आएर समापन भएको थियो । 

सो कार्यक्रमको उदघाटन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्न  तथा बैंकलाई यस वर्ष तोकिएको डिजिटल बैंकिङ्गको विषयवस्तु पुरा गर्न जोड दिनुका साथै डिजिटल बैंकिङ्गको प्रयोगबाट ग्राहकहरुले कुनै पनि समय र स्थानबाट र्बैंकिङ्ग सेवा लिन तथा आफ्नो नियन्त्रणमा राख्न सक्ने कुरा बताए ।

सोही अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले डिजिटल बैंकिङ्गको प्रयोगबाट ग्राहकहरुले २४ घण्टा सातै दिन रकमान्तर, बिल भुक्तानी, मोबाइट टपअप, क्युआर भुक्तानी क्युआर लगायतका अन्य थुप्रै सेवा तथा सुविधा लिन सक्ने बताए ।   


 

प्रतिक्रिया दिनुहोस