
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरहोल्डरलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७८र७९ मा आफ्ना शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशशशत नगद लाभांश दिने निर्णय गरेको हो ।
आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकका शेयरधनीलाई यो लाभांस दिने प्रस्ताव गरेको हो । उक्त लाभाश बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८र७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश पाउने छन ।
बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनश शेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभाशं शेयरधनीहरुलाई वितरण गर्ने भएको छ । बैंक अफ काठमाण्डूसँग मर्जको अन्तिम तयारीमा रहेको बैंकले नगद लाभांश धेरै दिएको छ । तर, बैंक अफ काठमाण्डूले कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कुल लाभांश मध्ये ६ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस