aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनआईसी एशिया बैंकको नाफा ४९ प्रतिशत वृद्धि, आरओइ कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ कार्तिक २०७९
एनआईसी एशिया बैंकको नाफा ४९ प्रतिशत वृद्धि, आरओइ कति पुग्यो ?

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को प्रथम त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ  १.७५ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो ।

यस बैंकले आ.व. २०७९/८० को प्रथम त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम  २७३.१० अर्ब रुपैयाँ पुयाउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.१८ अर्ब रुपैयाँ पुयाउन बैंक सफल भएको छ । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ । 

साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ५९.६२ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकले आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस