काठमाडौं । माछापुच्छ्रे बैंकले ४५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण यस्तो नाफा कमाएको हो । यो नाफा गत आर्थिक वर्षको पहिलो तीन महिनााको तुलनामा २० प्रतिशतले घटेको हो ।
बैंकले गएको यहि अवधिमा ५६ करोड १५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले चालु अर्थिक वर्षको तीन महिनामा ब्याज आम्दानीबाट १ अर्ब ४७ करोड गरेको आम्दानी छ । अघिल्लो वर्ष १ अर्ब २६ करोड थियो ।
१३.१९ प्रतिशत पुँजीकोष अनुपात रहेको बैंकले असोज मसान्तसम्म १ खर्ब ४४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३३ अर्ब कर्जा दिएको छ । अधिल्लो आर्थिक वर्षको असोज मसान्तमा बैंकको निक्षेप १ खर्ब ४५ अर्ब थियो भने कर्जा १ खर्ब २८ अर्ब थियो ।
प्रतिक्रिया दिनुहोस